म्याग्दिमा  थप एक जना कोरोना संक्रमीत थपिएका छन । जिल्लाको बेनि नगरपालिका ३ का ३२ बर्षका एक पुरुषमा सक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार म्याग्दीका एक जना सहित प्रदेशमा ४२ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये ३६ जना कास्कीका छन् । पोखरा महानगरपालिका १७ का २ महिला र ४ पुरुष सहित ६ जना, ७ का ४ जना पुरुष, ९ का ६ जना पुरुष र ११ का १ पुरुष छन् ।

पोखरा ८, ५ र १३ मा २/२ जना तथा १० र ४ मा ३/३ संक्रमित थपिएका छन् । पोखरा २, ८, ३२, २६ नम्बर वडामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । २ संक्रमितको वडा खुलेको छैन

Leave a Reply