नेपाल सरकारले गीतमार्फत कोरोनाबाट जोगिन आग्रह गरेको छ। चर्चित गायक खेम सेन्चुरी र मधु क्षेत्रीले गाएको गीत मार्फत कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड पूरा गर्न सबैलाई आग्रह गरिए हो। गीतमा चर्चित मोडल खेम सेन्चुरी, ओबी रायमाझी लगायतले स्वास्थ्य सम्बन्धी सचेतना दिनेगरी अभिनय गरेका छन्।
यस्तो छ गीत
कोरोनाबाट बच्नलाई हो, ए बच्नलाई हो
यो कुरा बुझौँ हामी सबैले
यो कुरा बुझौँ हामी सबैले
चेलीबेटी आफन्त बोलाइ, ओइ बोलाइ
भिडभाड नगरौँ कसैले
भिडभाड नगरौँ कसैले
सुरक्षित हुन मास्क लगाऔँ, ए लगाऔँ
घर बाहिर साह्रै डर छ हेर
घर बाहिर साह्रै डर छ हेर
साथी भाइ भेट हुँदा बसौँ है , ओइ बसौँ है
दुई मिटर टाढा भएर, दुई मिटर टाढा भएर
सोच झैँ कोरोना रैनछ, सोच झैँ कोरोना रैनछ,
भिडियो