६० बर्ष उमेर ननाघेका एकल महिला र ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र भएकाले भत्ता पाउने

0

नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ६० बर्ष उमेर ननाघेका एकल महिला र ‘ख’ बर्गको शारीरिक अपाङ्गता परिचय पत्र भएकालाई भत्ता उपलब्ध गराउन स्थानीय तहलाई पत्रचार गरेको छ ।

चालु आवको प्रथम चौमासीकबाट भत्ता उपलब्ध गराउन म्याग्दी सहित देशभरका स्थानीय तहलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भदौ २६ गतेको मन्त्रीपरिषद्को बैठकको निर्णय कार्यान्वयन गर्न पत्रचार गरेको हो ।

यसअगाडी सरकारले ज्येष्ठ नागरिकलाई दिइने भत्ता बढाएर ३ हजार, ७० वर्ष नाघेका वृद्धवृद्धालाई एक हजार जेष्ठ नागरिक भत्ता र एक हजार उपचार खर्च उपलब्ध गराउँछ। म्याग्दीका स्थानीय तहले साउन, भदौ, असोज र कात्तिकसम्मको वितरण गर्ने तयारीमा छन् ।

सरकारले विधवा, एकल महिला, पूर्ण अपाङता, अति अशक्तर अपाङ र पाँच वर्ष उमेर ननाघेका दलित परिवारका एक आमाका बढीमा दुई बालबालिकालाई क्रमशः एक हजार, एक हजार, २ हजार, ६ सय र ४ सय रुपैयाँ मासिक भत्ता दिदै आएको छ।

एकल महिलाले भत्ता लगायतका सुविधाका बारेमा पटकपटक आन्दोलन सहित सम्बन्धित निकायमार्फत अनुरोध समेत गरेका थिए । देशभर विधवा तथा एकल महिला करिब ८ लाखको हाराहारीले भत्ता पाउँदै आएकोमा अव ६० बर्ष उमेर ननाघेका एकल महिलाले समेत भत्ता पाउने भएपछि राज्यको सुविधा पाउने एकल मलिकाको संख्या करिब १० लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।

Leave a Reply