म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नारच्याङको लेकगाउँमा अवस्थित क्रान्ति आधारभुत बिद्यालयका बालबालिकालाई स्टेशनरी साम्रागी र मास्क वितरण गरिएको छ । अन्नपूर्ण यूवा क्लवले विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई करिब ७ हजार बराबरको साम्रागी वितरण गरेको क्लवका सचिव अमित गर्बुजाले जानकारी दिनुभयो।

क्लवमार्फत गाउँमा विभिन्न सामाजिक कार्यसँगै विद्यार्थीलाई कोरोना भाइरस बिरुद्धको जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिरहेको अध्यक्ष श्याम पूर्जाले बताउनुभयो । वडा कार्यालयसँग सहकार्य गरी कोरोनाको जोखिमबाट जोगिन बाहिरी जिल्लाबाट आउने मजदुरलाई निगरानी, घरदैलो अभियानमार्फत साम्रागी वितरण लगायतका कार्यहरुलाई निरन्तरता दिने क्लवले जनाएको छ ।