गण्डकी प्रदेशमा विहीबार विहान थप ९७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । गण्डकी स्वास्थ्य निर्देशनालयले विहीबार विहानै प्रकाशित गरेकाे विज्ञप्तिका अनुसार कास्कीकाे पाेखरा महानगर पालिकामा मात्र ३० जना संक्रमित थपिएका छन् ।

त्यस्तै बाग्लुङ जिल्लामा ५१ जनामा संक्रमण फैलिएकाे छ । यी मध्ये ४१ जना बाग्लुङ नगर पालिकाका बासिन्दा हुन् ।त्यसैगरी गाेरखामा ७ जना, नवलपुरमा ६ जना र लमजुङमा ३ जनाका संक्रमण पुष्टि भएकाे छ ।