मुस्ताङबाट फर्किने क्रममा दानाको बादरजुङ्ग भीरबाट खसेको पहिरोमा परेर घाइते भएकी रघुगंगा गाउँपालिका-१ बेगखोलाकी अममायाँ गर्बुजाको उपचारमा दग्नाम बैदेशिक सहयोग समिति बहराईनले आर्थिक सहयोग गरेको छ ।

कामको सिलसिलामा मुस्ताङ गएर फर्किदै गरेको अवस्थामा गएको साउन ३२ गते बेलामा भिरबाट खसेको ढुंगाले लागेर सिकिस्त भएकी गर्बुजालाई समितिले ६६ हजार ८४१ रुपैयाँ सहयोग गरेको दग्नाम दर्मिजा बेनी–गलेश्वर समाजका सचिव धनिलाल गर्बुजाले जानकारी दिनुभयो।

आर्थिक सहयोग अभियानमा समितिका साथै भाईप्रसाद तिलिजा, छ प्रसाद तिलिजा मिलन गर्बुजा, श्रीमान तिलिजाले आर्थिक सहयोग जुटाउनुभएको थियो । गर्बुजाको उपचारमा आवश्यक पर्ने खर्च अभाव भएपछि माईती घर दग्नामबासीको पहलमा उक्त सहयोग संकलन अभियानका यसअगाडी करिब ६ लाख आर्थिक सहयोग जुटेको थियो ।

बैदेशिक रोजगारको सिलसिलामा विदेशमा गएका श्रीमान समेत सम्पर्कविहिन भएको अवस्थामो एक छोरा, एक छोरीको शिक्षादिक्षा सहित जिवन निर्वाहका लागि मजदुरी गर्दै आउनुभएकी गर्बुर्जाले उपचारमा सहयोग गर्ने सबैलाई धन्यावद ज्ञापन गर्नुभएको छ । पोखराको मेट्रो सिटी हस्पिटलमा उपचारर्थ घाईते गर्बुजाको खुट्टा लगायत शरीरभरी चोट लागेको थियो । हाल गर्बुजा खतरामुक्त हुनुहन्छ

Leave a Reply