नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पदभार ग्रहण गर्दै सरकारलाई सफल बनाउन लागिपर्ने बताएका छन् । उनले आफूलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए ।

२०७० सालको संविधानसभा चुनावमा प्रचण्डसँग झिनो मतले पराजित श्रेष्ठले मन्त्री बन्ने अवसरका लागि प्रचण्डलाई समेत धन्यवाद दिए । आफू पुरुष भएपनि आधा आकाश ढाकेका महिलाको क्षेत्रमा काम गर्ने उनले बताए । ‘सरकारको यो कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउने किसिमले काम गछौं,’ मन्त्री श्रेष्ठले भने ।