चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा ‘सुरक्षित’ रहेको पाइएको छ ।

चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले बनाइरहेको उक्त ‘बीबीआईबीपी-कोरभी’ नामक कोरोना खोपको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ ।

उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ । खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो ।