पाेखरामा काेराेना संक्रमित सशस्त्र प्रहरीका एक जवानकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा बागलुङकाे ढाेरपाटन ७ घर भइ सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षका एक पुरूषकाे गएराति साढे ११ बजे पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएकाे हाे ।

बिरामी परेपछि गत असाेज २५ मा अस्पताल भर्ना भएका ती पुरूषमा असाेज २७ गते काेराेना पुष्टि भएकाे थियाे।

गण्डकीमा याे सहित काेराेना संक्रमितमध्ये ४७ जनाकाे ज्यान गइसकेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।
पछिल्लाे मृत्युकाे जानकारी भने निर्देशनालयले १२ घण्टापछि सार्वजनिक गरिएको हाे।

प्रदेशमा हालसम्म संक्रमित संख्या ५ हजार ४ सय ७१ पुगेकाे छ ।