कोरोना भाइरसका कारण बागलुङका थप एक पुरुषको पोखरामा मृत्यु

0

कोरोना भाइरसको कारण बागलुङका थप एक जना पुरुषको पोखरामा मृत्यु भएको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ बर्षिय पुरुषको असोज २९ गते राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले शुक्रबार दिउँसो विज्ञप्ती प्रकाशित गर्दै सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका बागलुङका २५ बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिनुभएको छ । निर्देशनालयले उहाँ २५ गते अस्पताल भर्ना भएको र २७ गते कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छभने गण्डकी प्रदेशमा ४८ पुगेको छ ।

Leave a Reply