नेपाल प्रहरीको प्रधान कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै म्याग्दीका डिएसपी किरणजंग कुँवरलाई सम्मान गरेको छ । प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले उत्कृष्ट प्रहरी कार्य पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

म्याग्दी प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेपछि प्रनाउ कुँवरले समुदायस्तरका कार्यक्रम, कोरोना रोकथाम, प्राकृतिक विपत्तमा परेकाको उद्धारका साथै विभिन्न रचनात्मक कार्यका साथै समुदाय स्वयमसेवकको मोडेललाई स्थापित गर्नुभएको थियो ।

कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने,प्रहरीको मुलभूत दायित्वलाई समेत उच्च प्राथमिकता दिएका प्रनाउ कुँवरले समुदायप्रहरी साझेदारी कार्यक्रम मार्फत ल्याएको सहकार्यको अभियान अत्यन्तै महत्वपूर्ण साथ सञ्चालन गरिरहनुभएको छ ।

कोरोना रोकथाम अभियानमा म्याग्दीमा प्रहरीले समुदायसँग मिलेर सञ्चालन गरेको अभियानलाई गण्डकी प्रदेशले समेत प्रयोग गरेको थियो भने प्रहरी केन्द्रिय कार्यालयले समेत देशभरी सञ्चालन गरेको थियो । २०७६ साल पुष २९ गते म्याग्दीमा कार्यभार सम्हाल्नुभएको थियो ।

Leave a Reply