शनिबार काेराेना संक्रमण पुष्टि भएका बेनीका ४४ वर्षिय पुरूष सम्पर्क विहिन भएका छन ।
बेनी नगरपालिका-७, का ती पुरूषले गण्डकी अस्पताल पाेखरामा काेराेना परिक्षणका लागि स्वाव दिएका थिए ।
काेराेना पाेजेटिभ देखिए पछि उनलाई सम्पर्क गर्न खाेज्दा माेवाईल अफ रहेकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । शनिबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती मा बेनपा-७ का पुरूषमा काेराेना पुष्टि भएकाे उल्लेख छ ।
माेवाईल अफ गरेकाले उनकाे खाेजिमा समस्या भएकाे प्रमुख लम्सालले बताउनुभयाे । बेनीबाट पोखरा उपचारका लागि पुगेका समयमा कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हुन सक्ने अनुमान गरिएको छ। संक्रमितलाई सम्पर्कमा आउन स्वास्थ्य कार्यालयले अनुराेध गरेकाे छ ।