दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेकी बेनी नगरपालिका–७, मुस्लिम बस्तीकी ४० बर्षिया जमिल बेगमको उपचारमा पर्वतको जलजला गाउँपालिका ३ वारी बेनी (डाडापारी) मा रहेको दिदिबहिनी आमा समुहले १० हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नियमित डायलासिस गर्न आर्थिक क्षमता नभएपछि आयूर्वेदिक औषध सेवन गर्ने बेगमको उपचारमा केही भए पनी सहयोग पुगोस भनेर समुहमा आबद्ध रहेकाले सो ईच्छाले सहयोग गरेको समुहकी सचिव लक्ष्मी बोगटीले बताउनुभयो ।

समुहको हरेक महिनाको पहिलो सनिबार बैठक बस्ने गरेको त्यही बैठकमा छिमेकमा बस्ने बिरामी भएर उपचारमा आर्थीक समस्या देखेर आफुहरुले सहयोग गरेको समुहकी अध्यक्ष नैन पुनको भनाई छ ।

बिरेन्द्रचोकमा ट्याक्कीमा कस्मेटिक ब्यवसाय गदैं आएकी बेगमले विगत एक बर्षयता दैनिक विहान, दिउँसो र बेलुकी जडिबुटी सेवन गर्ने गर्नुभएको छ । तीन छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षाका लागि ब्यापार गरी जोडेको पैसा उपचारमा सकिएपछि उपचारमा आर्थिक अभाव भएको थियो ।