चितवनको टाँडीमा कोरियाको ओजे कोरियन कस्मेटिकको छैठौ शाखा विस्तार गरिएको छ । दक्षिण कोरियामा उत्पादन भएका लोकप्रिय ब्रान्डलाई नेपाली बजारमा ल्याउने गरी शनिबार शाखाको ओजे गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले उद्घाटन गर्नुभएको छ ।

उक्त कम्पनीमार्फत कोरियाको बजारमा रहेका उच्च गुणस्तरीय सामानहरु उपलब्ध रहेको छ । ठूला देशमा उत्पादनको बजार प्रबद्र्धन गर्न नेपाल एउटा राम्रो माध्यम बन्ने कम्पनीका अध्यक्ष जुग्जालीको भनाई छ ।

कस्मेटिक साम्रागीहरु सस्तोमा प्रयोग गर्दा गम्भीर असर गर्ने भएकाले निम्न आर्थिक भएकादेखि उच्च आर्थिक हैसियत भएकाले प्रयोग गर्न सकिने गरी सञ्चालनमा ल्याएको जुग्जालीको भनाई छ । यसअगाडी कम्पनीमार्फत काठमाण्डौको ठमेल, दाङको घोराही, पोखराको न्यूरोड,जमलको विश्वज्योती महल, ललितपुरको पुलचोकमा सञ्चालन भइसकेको छ ।

अधिकांश कस्मेटिकहरू छालालाई सफा गर्ने, छालाको पुरानो मृत कोषलाई हटाएर नयाँपन दिने, दैनिक प्रयोग गर्नेदेखि लिएर हप्ता हप्तामा प्रयोग गर्नेसम्मका रहेका छन् । कम्पनीले निकट भविस्यमा आवश्यकता अनुसार काठमाण्डौमा अन्य शाखासँगै पोखरा लगाएतमा स्थानमा समेत विस्तार गर्ने योजना बनाएको छ ।