म्याग्दीको मंगला गाउँपालिका-५,किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा जापानको सेन्दाईबाट आर्थिक संकलन गरेको छ ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि मोना जापान क्षेत्रीय समिति सेन्दाईले ७६ हजार ४५६ रुपैयाँ आर्थिक संकलन गरेको अध्यक्ष कमल बानियाँले जानकारी दिए । गाउँकै विपन्न मनबहादुर र रन्जु विकले छोरीको उपचारमा थप उपचारमा रकम अभाव भएपछि संकलन गरिएको बानियाँले बताए ।

घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि बालिकाको जिवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यावद ज्ञापन समेत गरेका छन् । बावियाचौरको डनिङ आवासीय माविमा कक्षा ३ मा अध्ययरत बालिका बेलाबेलामा विरामी हुने गरेपनि कान्ति बाल अस्पतालमा पुगेपछि मात्रै ब्लड क्यान्सरको समस्या देखाइएको थियो ।

डेढ महिनादेखि अस्पतालमा उपचारर्थ बालिकाको उपचारमा २० लाखभन्दा बढी आवश्यक पर्ने परिवारले जनाएको छ। नियमित औषधी, सेतो रगत लगायत आवश्यक खर्च हुने अस्पतालले जनाएको छ । सरु बचाउ अभियानमार्फत मुक्तिनाथ विकास बैंकको बेनी शाखामा खाता समेत सञ्चालन गरिएको छ। संकलित रकम खातामा जम्मा भइसकेको छ। बालिकाको उपचारमा अर्मनका यूवाहरुले समेत थप अभियान सञ्चालन गरेका छन् ।