जसले आफ्नै तीन सन्तानको हत्या गरिन्

0

अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ।अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाको उच्चस्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन्।  स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समयदेखि पारिवारीक समस्या थियो। उनीहरुको परिवार गुल्मीबाट वुटवल सरेको थियो।उनीहरुको बीचको झगडाको बारेमा स्थानीय प्रहरी समेत जानकार थियो।

शनिबार विहान भएको घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले पुष्टि गरेका छन्।

ति महिलाले दुई छोरी र एक छोराको हत्या चक्कु प्रहार गरेर हत्या गरे पछि आत्महत्याको प्रयास गरेकी थिइन्।  प्रहरीका अनुसार मृतक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षिया छोरीहरु रहेको बताएको छ।  प्रहरीले अर्याललाई अनुसन्धानको लागि हिरासतमा लिएको छ। उनीको शनिवार साँझ मेन्टलहेल्थ लगायतको स्वास्थ्य परीक्षण गरिएको बुझिएको छ। Source:nagariknews.com

Leave a Reply