म्याग्दीको मालिका गाउँपालिका-२ रुमको बेलीका एक यूवा उपचारका लागि आर्थिक अभाव भएपछि घर फर्किएका छन् । नशा र एपेन्डिक्सको रोगले थलिएका १७ बर्षिय समिर रोकाको ऋण खोजेर, गाउँमा चन्दा संकलन गरी उपचारका लागि पोखरामा लगिएपनि नियमित उपचारमा आवश्यक रकम जुटाउन नसकेपछि घर फर्किएर ओछ्यान परेका हुन् ।

कलिलै उमेरमा बुबालाई गुमाएका समिरले छिमेकी जिल्ला बागलुङको एक होटलमा काम गर्ने क्रममा अचानक बिरामी भएपछि चिकित्सकले एपेन्डिक्स र नशामा समस्या भएको बताएपछि गाउँमा घरदैलो गरी पैसा संकलन गरेर उपचार गरेको दिदी निलिमा रोकाले बताईन् ।

कमाउने बाबुलाई पनि गुमायौं,‘एउटा भाई सम्पर्कमै छैन्, घर खर्च चलाउन गएको भाई बिरामी भएर फर्कियो’ निलिमाले भाबुक हुदै भनिन् । उनले उपचारमा करिब ३० हजार ऋण रहेको बताउँदै थप पैसा जुटाउन उपचार रोकेर आएको बताईन्।

‘आफन्तको घरमा बसेका छौ,‘घरभित्र खाने केही छैन्’ उनले भनिन्। उनले चुल्होमा पकाउने केही नभएपछि भोकभोकै समेत सुत्नुपर्ने अवस्था रहेको बताईन् ।

एपेन्डिक्स विग्रिएमा क्यान्सर लगायतको जोखिम समेत रहेको बताएपछि थप चिन्ता थपिएकाले सानो सानो सहयोग गर्न समेत अपिल गरेकी छन् ।‘उपचार खर्च जुटाउन धौधौ भएको छ’ परिवारको आर्थिक अवस्थाले उपचार खर्च धान्न नसक्ने भएकाले सहयोगको पर्खाइमा छन्’ स्थानीय यूवा तुलबहादुर पुनले भने ।

उनका अनुसार कमाई खानका लागि उनीसँग थोरै जग्गा रहेपनि बस्ने घर नभएकाले आफन्तले दिएको बताए । पीडितको उपचारमा बेली विकास अक्षय कोषले ३ हजार, प्रगतिशिल यूवा क्लव २ हजार, इजरायलबाट विष्णु पुन २ हजार, बेली आमा समुहले १ हजार सहयोग गरेको छ ।

Leave a Reply