३ हजार ९३ जना कोरोना संक्रमित थपिँदा २ हजार १०८ जना डिस्चार्ज

0

पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ८६१ जनको पिसिआर परीक्षण गर्दा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार १०८ जना कोरोना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या १ लाख ३९ हजार १२९ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ७ सय ६५ रहेको छ।

Leave a Reply