म्याग्दीको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका १६ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल रामकृष्णलाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्राक्ट ट्रेसिङमा परेकाहरुवाट १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १४ जना पुरुष र २ महिला रहेका छन् । जसमध्ये ८४ वर्षिय बृद्धमा समेत संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा ३१, ५६, ३४,४०,४५,२३, २७, ८४, १३, ३३, ३९ र १२ वर्षका पुरुष तथा जलजला वडा नं. २ का ३८ र २० वर्षिया २ महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि भएकाहरुलाई आईशोलेशनमा लैजाने तयारी भैरहेको छ । यो सँगै पर्वतमा संक्रमितको संख्या १ सय ५० पुगेको छ ।