पर्वतको जलजला गाउँपालिकामा गएको असोज २४ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित गण्डकी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालको कार्यक्रममा सहभागि भएका गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ललाई कोरोना पुष्टी भयो।

कन्ट्रयाक्ट ट्रेसिङमा परेका एकजनाको बेनी अस्पतालमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएको केहीदिनमै उपचारमै संलग्न अस्पतालका चिकित्सकलाई समेत कोरोना संक्रमण भयो । अध्यक्ष मल्लमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ९९ जनाको पिसिआर परीक्षणका लागि नमुना स्वाव संकलनको क्रममा बुधवार १६ जनामा कोरोना देखियो ।

केहीदिन अगाडी म्याग्दीको मंगला गाउँपालिका–२ का एक पुरुषलाई कोरोना देखिएपछि ट्रेसिङमा परेका गाउँपालिकाका कर्मचारीलाई समेत कोरोनाको पोजेटि रिर्पोट आयो।मंगलाकै बरंजाबाट पोखरामा कृयाघरमा पुगेकी एक महिलासँगै बसेका एकजनामा कोरोना पुष्टी भएको आधारमा स्बाब लिदाँ कोरोना पुष्टी भएको थियो।

पछिल्लो समय म्याग्दी र छिमेकी पर्वतको जलजला गाउँपालिकामा कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई धमाधम कोरोना देखिएपछि कोरोनाको जालो समुदायस्तरमै फैलिएको छ । स्बाब दिएर होम क्वारेन्टाइनमा बस्नुपर्नेहरू समुदायमा घुलमिल हुदाँ कोरोनाले डरलाग्दो रुप लिने संकेत देखिएको छ।स्बाब दिएर घरमा बस्नुपर्नेहरु बजारमा घुम्ने, बैंक तथा वित्तिय संस्थामा जाने, आफन्त, छिमेकी र साथीहरुसँग भेटघाटले समेत कोरोना फैलिएको स्वास्थ्यका जानकारहरु बताउँछन्।

‘स्बाब दिएर समुदायमा घुलमिल भएको देखियो,‘जनस्वास्थ्यको मापदण्ड पटक्कै पालना भएन’ स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले भने।उनले स्बाब दिएर समुदायमा जानु नै पछिल्लो समय म्याग्दी र पर्वतमा कोरोना संक्रमित थपिनु भएको प्रमुख लम्सालको भनाई छ।

छिमेकी पर्वतको जलजलाको माझँफाटमा देखिएका कोरोना संक्रमति समेत स्बाब दिएर बेनीमा घुमफिर गरेको पाइएको थियो । स्बाब दिएर समुदायमा घुम्नेहरु कोरोनाको प्रमुख कारण बन्दै गएइकाले संक्रमतिको ट्रेसिङमा परेकाको रिर्पोट नै नेगेटिभ आएपनि थप १४ दिन सचेत हुनुपर्ने चिकित्सकको भनाई छ ।

Leave a Reply