बेनी नगरपालिका-५, भिरमुनीका नविन खत्री एक महिनादेखि मुस्ताङको मार्फाको बागबानीको स्याउ बारीमा छन्। लटरम्म स्याउको हाँगो नै भुईमा झुकाएर फलेका रोयल र गोल्डेन जातको स्याउ टिपेर दिउँसो म्याग्दीको सदरमुकाम बेनीमा पठाउँछन् ।  मार्फामा टिपेको स्याउ म्याग्दीको सदरमुकाम बेनीमा करिब ८ घण्टा भित्रै आइपुग्ने गरी आवश्यक सवारीसाधनको समेत ब्यवस्था मिलाएका छन् ।

स्याउ टिपेर प्याकिङ गरी बेनीसम्म ल्याउन खत्रीसँगै सुशिल खड्का, विष्णु गौतम, र चिरञ्जीवि पौडेलले लगानी गरेका छन् । सरकारी फार्ममा अर्गानिक स्याउ पाएपछि यूवाहरु मख्ख छन् भने ब्यापारपनि सोचेजस्तै भएको छ ।

अर्गानिक स्याउ प्रति केजी बेनीबजारबाटै १ सय ४० रुपैयाँका दरले विक्री गरेको शुसिल खड्काले बताए ।‘मुस्ताङको बारीमा टिपेको स्याउ हामीले एकै दिनमा विक्री गर्न गरी बेनीमा ल्याउँछौ,‘विषादीको प्रयोग नै भएको छैन्,‘माग अनुसार खपत गर्न निकै समस्या भयो’ खड्काले भने । स्वादिष्ट र गुणस्तरीय स्याउको माग म्याग्दी र पोखरामा माग अनुसार पुर्याउन हम्मेहम्मे भएको यूवा ब्यवसायीको भनाई छ । ब्यवासयमा यूवाहरुले ४० लाखको लगानी गरेका छन्। स्याउ बारीमै रोज्जा स्याउको अर्डर अनुसार घरमै पुर्याइदिने यूवाहरुले बताए । ‘पहिलोबर्ष भएकाले हामीले बजारमा सम्बन्ध स्थापितकोा रुपमा लिएका छौ,‘सस्तो मात्रै छैन् रोजेको स्याउ पाइन्छ’ खड्काले भने । उनले कार्टुनमा खरिद गर्दा प्रति केजी १ सय ३५ रुपैयाँमा दिने गरेको बताए । बेनीको एमके कम्प्लेक्स क्याम्पसचोकबाट यूवाहरुले विक्री गरिरहेका छन् ।  स्याउ आवश्यक परेमा ९८६६३४९२७५ र ९८४७६४३०५६ मा सम्पर्क गर्नुहोला