गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले म्याग्दीमा प्राकृतिक विपत्तीका कारण क्षति पुगेका कारण संकटग्रस्त जिल्ला घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जनाए। यसअघि संघ सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो। बागलुङ जिल्लालाई मात्रै संकटग्रस्त जिल्ला घोषणा गरेपछि म्याग्दीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदले म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका थिए।