म्याग्दीमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका दुई जना स्टाफ नर्स र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा आज गरिएको पिसिआर परीक्षणमा बेनी अस्पतालका वर्ष २७ र २१ क दुई जना स्टाफ नर्स र मंगला गाउँपालिकाका ३५, २८ र २४ बर्षिय तीन जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारि गरि आज बेनी अस्पतालका स्टाफ नर्स र मंगला गाउँपालिकाका तीन जना पुरुष सोहि पालिकाका कर्मचारी हुन् ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अवस्थामा बेनी अस्पतालका बिरामीमा कोरोना पुष्टी भएका दुई बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र संक्रमतिको ट्रेसिङमा परेका मंगला गाउँपालिकाका तीन कर्मचारीमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार संक्रमति पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply