पूर्णगाउँकी कोपिलाको उपचारमा दिदीबहिनी सहकारीको सहयोग

0

बाथ तथा मृगौला रोगबाट ग्रसित म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँकी १६ बर्षिया कोपिला पुनको उपचारमा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ ।

मणिपाल अस्पतालमा उपचार गराइरहेको अवस्थामा आर्थिक अभाव भएपछि घर फर्किएकी पुनलाई सहकारीले ११ हजार १११ सहयोग हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष ज्योती लामिछानेले जानकारी दिनुभयो ।  ‘सानो सहयोगले उपचारमा केही सहज हुन्छ भन्ने अपेक्षा गरेका छौ,‘आर्थिक अभावकै कारण उपचार रोकिएको समाचार सुन्दा दुख लाग्यो’ लामिछानेले भन्नुभयो ।

पूर्णगाउँमा सुकुम्बासी जस्तै जीवन विताइरहेका पीडित पुनका बुबा बलबहादुर पुनको आर्थिक अवस्था निकै कमजोर छ। गाउँकै विपन्न बल बहादुरको ३ छोरा, २ छोरीमध्ये कोपिला कान्छी बहिनी हुन् । सहकारीमार्फत विभिन्न सहयोग हुदै आइरहेको छ ।

Leave a Reply