बुटवलमा कोरियाको ओजे कोरियन कस्मेटिकको सातौं शाखा विस्तार गरिएको छ । दक्षिण कोरियामा उत्पादन भएका लोकप्रिय ब्रान्डलाई नेपाली बजारमा ल्याउने गरी शनिबार शाखाको ओजे गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले उद्घाटन गर्नुभएको छ।

उक्त कम्पनीमार्फत कोरियाको बजारमा रहेका उच्च गुणस्तरीय सामानहरु उपलब्ध रहेको छ ।
ठूला देशमा उत्पादनको बजार प्रबद्र्धन गर्न नेपाल एउटा राम्रो माध्यम बन्ने कम्पनीका अध्यक्ष जुग्जालीको भनाई छ।

कस्मेटिक साम्रागीहरु सस्तोमा प्रयोग गर्दा गम्भीर असर गर्ने भएकाले निम्न आर्थिक भएकादेखि उच्च आर्थिक हैसियत भएकाले प्रयोग गर्न सकिने गरी सञ्चालनमा ल्याएको जुग्जालीको भनाई छ । कम्पनीले निकट भविस्यमा आवश्यकता अनुसार काठमाण्डौमा अन्य शाखासँगै पोखरा लगाएतमा स्थानमा समेत विस्तार गर्ने योजना बनाएको छ ।