मुलुकमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४ सय ९९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।