नेपालमा पर्न थाल्यो न्यून चापीय क्षेत्रको प्रभाव, वर्षा हुन्छ कि?

0

केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालदेशआसपास न्यून चापीय क्षेत्र छ।  यसको प्रभाव नेपालमा कस्तो पर्ला?

यस्तो छ महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसम अनुमान

कार्तिक ०८ गते (शनिबार)

दिउँसो: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०९ गते (आइतबार)

दिउँसो: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको म्भावना छ।

राती: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक १० गते (सोमबार)

दिउँसो: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Leave a Reply