धवलागिरी गाउँपालिका-७, ताकम माविको बाल शिक्षामा मोना साउदी अरवले फर्निचर सहयोग गरेको छ। मोना साउदीले २० हजार, अध्यक्ष विपिन पौडेलले ब्यत्तिलगत रुपमा ५ हजार ८ सय रुपैयाँ सहयोगबाट दराज र कुर्ची सहयोग खरिद गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा मोना साउदीका अध्यक्ष पौडेलले संस्थामार्फत साउदी र गृहजिल्लामा विभिन्न सहयोग भइरहेको बताउँदै आवश्यकता अनुसार भविस्यमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

उनले कोरोनाको जोखिमले रोजगारी गुमेर आउनेलाई गाउँमा रोजगारमुलक कार्यक्रमहरुमा समेत स्थान दिन समेत अनुरोध गरे । सहयोग हस्तान्तरणले विद्यालयको बाल कक्षा सञ्चालनमा समेत सहज भएको विद्यालयले जनाएको छ ।