बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवास अभियानमा सक्रिय मोना अन्तराष्ट्रियलाई हङकङमा रहेका म्याग्देलीले ३० लाख सहयोग गर्ने भएका छन्।

मोना हङकङले बाढीपहिरोमा परेकालाई राहत तथा पुर्नवास अभियान सञ्चालन गरी संकलन गरेको रकम मध्ये मोना आइइसीको कोषमा ३० लाख जम्मा गर्ने निर्णय गरेको सचिव जेबेन्द्र फगामीले जानकारी दिए । उनका अनुसार संकलित रकममध्ये करिब २० लाख विस्थापितलाई राहतको रुपमा वितरण गरिने छ ।

मोना हङकङका पूर्व अध्यक्ष एवम् मोना आइसीका पुर्नवास कार्यदलका सदस्य दल शेर्बुजाको संयोज र उपसंयोजक पुन मगर समाजकी अध्यक्ष गोमा पूर्जाको नेतृत्वमा संकलन भएको आर्थिकबाट पुर्नवास अभियान सहित बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाईते तथा विस्थापितलाई छिट्टै हस्तान्तरण गरिने मोना हङकङका अध्यक्ष कर्ण पुन मगरले बताए ।

‘बाढीपहिरोबाट यससबर्ष ठूलो जनधनको क्षती भयो,‘विस्थापितलाई छिट्टै घर बनाउने अभियानम तिब्रता दिन अपिल गछौं’ अध्यक्ष मगरले भने ।

उनले अर्को बर्खा त्रिपाल र विस्थापित अवस्थामै विताउन नदिने गरी सुरक्षित स्थानमा बासको ब्यवस्था मिलाउन सकेमा मात्रै आर्थिक सहयोग संकलनको लक्ष्य पुरा हुने बताए । ‘सहयोग अभियानमा साथ दिने सबैलाई धन्यवाद,‘कोरोनाको जोखिममा बिच पनि मन खुलेर सहयोग गर्नुभएको छ’ पुनले भने ।

यसबर्षको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकालाई मोना आइइसीको अभियानमा विश्वभर रहेका मोना तथा म्याग्देली आवद्ध संस्थाले सहयोग गरेका छन् ।

मोना हङकङबाट आर्थिक संयोजक एवम् पूर्व अध्यक्ष सेरर्बुजा पुर्नवासको क्रममा जिल्लामै बसेर सहयोग गर्ने समेत मोना हङकङले जनाएको छ । यता मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले पुर्नवास अभियानमा हङकङबाट बाट प्राप्त सहयोगले धेरै सहज हुने बताए । उनले स्थानीय तहसँग जग्गा सहित अन्य कामलाई अन्तिम रुप दिन समेत अपिल गरेको बताए । म्याग्दीका सबै ६ वटै स्थानीय तहमा बाढीपहिरोबाट करिब ६ सय घरधुरी विस्थापित भएका छन्।