बेनीको बालगृहमा रहेका विकास रोकायाले करिब एकदशक देखि बालगृहमै दसैं मनाउँदै आएका छन् । रोकाया जन्मिएको गाउँघरमा दसैंको रौनक छाएपनि उनको घर नै बालगृह हो । बालगृह नै घरजस्तै लाग्छ।

कलिलै उमेरमा अभिभावक गुमाएपछि बालगृहमा बस्दै आएकी विमला शाहीले पनि हरेक दशैं बालगृहमै मनाउँछिन् । उनका आफन्तहरु भएपनि बालगृहबाट बाहिर जान मन लाग्दैन् ।

विकास, बिमलाजस्तै रबी कार्की बालगृहभित्र रहेका सबैभन्दा पुराना हुन् । उनीहरुसँगै १० जना थप बालबालिकाले समेत आफ्नै घर जस्तै बालगृहमै मनाउने गरेका छन्। दशैंतिहारमा घर जाउ भने आफन्त केही छैनन् । विस्तारै उमेर बढ्दै जान थालेपछि चाडपर्वको महत्वका बारेमा जानकारी हुन थालेपछि बालगृहमा दशैं लक्षित रोटी र मिटो परिकारहरु पाक्ने गरेको छ ।

चाडपर्वको महत्वका बारेमा कुनै पत्तै नभएकी मालिका गाउँपालिका ५ देविस्थानकी मनिषा सुनारका दाजु र विरामी आमा घरमै छिन् तरपनि रमाइलो महोलले घरमा जाने खोज्दैनन् । मंगला गाउँपालिका–२ बावियाचौर सल्यानकी करिना कार्कीले नयाँ लुगा हातमा परेपछि खुसी भएको बताईन् । कार्कीलाई यूकेमा बस्ने बेनपा ६ का किसान जिसीले उच्च शिक्षाको जिम्मा लिएर पढाइरहेका छन् ।

दसैं गाउँमै गएर मनाउने चाहना भएपनि उनीहरुलाई सम्झेर भेट्न आउने मान्छे नै छैनन्। अभिभावको मृत्यु भएपछि बिचल्लीमा परेका बालबालिकाले दसैंमा बालगृहमै नयाँ लुगा, मिठो खाना खाएर मनाउने गरेका छन् । अभिभावकको मृत्यु भएपछि कलिलै उमेरमा बालगृहमा प्रवेश गरेका बालबालिकाको बुबाआमा नै सावित्री थापामगर हुन्। चाडपर्वका बारेमा आधारभुत तहमा अध्ययरत बालबालिकाले उनीमार्फत नै थाहा पाउँछन् ।

बालगृहमा रहेका १३ जना बालबालिका मध्ये माध्यामिक तहमा अध्ययरत केहीले दसैंमा आमाबुबाको धेरै याद आउने बताउँछन्। कलिलै उमेरमा अभिभावकको मृत्यु भएपनि अहिले याद आउने गरेकालाई थापामगरले नै बिर्साउने प्रयास गरेकी छन् ।

बालगृहकी अभिभावक सावित्री थापामगरले चाडपर्वमा आफ्नै सन्तान जस्तै मायाँ गर्ने गरेको बताउँछिन् ।‘मेरै छोराछोरी हुन्,‘उनीहरुलाई मिठो खाना खुवाउने गरेको छु’ थापाले भनिन् । उनले बालगृह ब्यवस्थापनले चाडपर्वमा मासु, लत्ताकपडा उपलब्ध गराउने गरेको बताईन्। ‘अभिभावक गुमाएको पीडालाई बिर्साउने प्रयास गरेको छु,‘चाडपर्वमा आफन्तकोमा जान खोज्छन् थापा मगरले भनिन्।

आश्रित बालबालिकालाई संघसंस्था र ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने गरिएको छ । दशैंको दिनमा टिका, आर्शिवाद थाप्ने गरेका छन् । सामाजिक कार्यमा सक्रिय सपना रोका मगरले समेत बालबालिकालाई खानेकुरा दिएर भेटिन् ।

Leave a Reply