महेन्द्ररत्न माध्यामिक विद्यालय बरंजाबाट २०७३ सालमा एसईई दिएर अभिभावको सपना बोकेर उच्च शिक्षाका लागि बेनी आएकी मंगला गाउँपालिका–४, बुकेनीकी सपना रोका मगरले गलत संगतकै कारण झण्डै आत्महत्याको बाटो रोजिनन् ।

पढाईमा ध्यान केन्द्रित गर्नुपर्ने समयमा घुम्न जाने, कुलतमा फसेका साथीहरुसँगको संगतका बीच कक्षा १२ सम्मको पढाई सकेकी छन् । जीवनसँग हारिसकेकी सपनाको केहीबर्षको दैनिकले उनलाई सडकमा मागेर खानुपर्ने अवस्थामा पुर्यायो । बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन् ।

देशका विभिन्न जिल्लामा पुगेर सडकमै धेरै रात विताएकी सपनाले आफ्नो पुरानो दैनिकीका बारेमा आइतबार सदरमुकाम बेनीको बालगृहमा रहेका बालबालिकालाई सुनाउँदै थिईन् । बालगृहमा रहेका १३ जना बालबालिकालाई आफ्नो अभिभावकको चाहना विपरित लक्ष्यबाट मोडिदाँ भोगेको दुखकष्ट सुनाईन् । घरायसी कामको सिलसिलामा परिवारसँगै बेनीमा आएकी सपनाले बालबालिकालाई चकलेट र विस्कुट वितरण गरिन् ।

‘मैले समयलाई बुझ्न सकिँन,‘अहिले समयसँगै समाजलाई समेत नजिकबाट चिन्ने अवसर पाएको छु’ उनले बालबालिकालाई आफ्नो कामका बारेमा सुनाउँदै भनिन् । आत्महत्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरेर सामाजिक कार्यमा लागेको सपनाको भनाई छ । ‘तिमीहरु त भाग्यमानी छौ, राम्रो शिक्षादिक्षाको अवसर पाएका छौ’ उनले भनिन् ।

सडक र अभिभावको साथ विना बस्दाको अवस्थामा बारेमा राम्रोसँग जानकारी भएकाले अव घर आउँदा बालगृहमा आएर सक्दो सहयोग गर्ने रोका मगरको भनाई छ । अहिले विगत आफ्नै नाम जस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका गल्तीको क्षमायाचना समेत गरेको बताउँदै अनाथ र अलपत्र परेकाहरुको सहयोगमै तल्लिन हुने बताईन् ।

‘सबैभन्दा ठूलो शिक्षा रहेछ,‘पढाई सकेपछि धेरै विकल्पहरु आउँदा रहेछन्, मैले पनि बाँकी पढाईलाई निरन्तरता दिने प्रयासमा छु’ सपनाले भनिन् । करिब आधाघण्टा आश्रमका बालबालिकासँग आफ्ना अनुभव र विगत सुनाएकी सपनाले बालबालिकाको क्षेत्रमा आफ्नै जिल्लामा एउटा आश्रम बनाउने योजना समेत रहेको बताईन् ।

उनले आफुँलाई कर्मदिने बुबा बिनयजंग बस्नेतले समेत म्याग्दीलाई एउटा प्रोजेक्ट बनाउन सघाउने प्रतिबद्धता जनाएकाले आमाबुबा आश्रम बनाएर निरन्तर जिल्लामा आउने बताइन् । उनले अहिले बेवारिसे लासको अन्त्येष्टी, सडकमा भोकभोकै रहेकालाई भोजन, अलपत्र परेकालाई आश्रम बनाएर राख्ने लगायतका काममा सक्रिय छिन् ।

Leave a Reply