प्रधानमन्त्री ओली दम्पतीले राष्ट्रपतिबाट लगाए बडादसैंको टीका

0

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडादसैंको टीका लगाएका छन्।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी हुन्।

साथै त्यस क्रममा प्रधानमन्त्री पत्नी एवं प्रथम महिला राधिका शाक्यले पनि सँगै राष्ट्रपतिको हातबाट टीका र जमराको माला ग्रहण गरेको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले भक्तपुरस्थित आफ्नाे निवासमा पत्नी शाक्यलाई दसैंको टीका लगाइदिएका थिए।  बुबा माेहनप्रसाद ओली झापाकै घरमा रहेकाले प्रधानमन्त्री ओलीले भने यसपालि बुबाकाे हातबाट टीका लगाउन पाएनन्।

Leave a Reply