पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ जुग्जा घर बताउने एक यूवती विगत एक महिनादेखि लुलाङमा अलपत्र परेकी छन् । जन्मदिने आमाको मृत्यु भएपछि घरमा उचित वातावरण नभएको भन्दै सहयोगको खोजीमा छिमेकी धवलागिरी गाउँपालिका-२, लुलाङमा पु्गेर स्थानीयको घरदैलोमा माग्दै खाने, राती सुत्ने बास माग्ने गरेको स्थानीय यूवा रेशम बहादुर विकले बताए ।

‘गाउँलेले सक्दो सहयोग गरेका छन्,‘परिवारको पहिचान भएपनि आएका छैनन्’ विकले भने । कक्षा ९ पढ्दापढ्दै छोडेको बताउँदै आवश्यक सहयोग भएमा पढ्न सक्ने बताउने गरेको विकको भनाई छ । उनले साहारा खोज्दै हिँडेकी यूवतीले आफ्नो बुबाको नामा कुलबहादुर र दाईको नाम ओमकार पुन भएको बताए ।

दशैंमा विकले एक जोड लुगा समेत खरिद गरी दिएको बताउँदै एक्लै हिढ्दा असुरक्षित समेत हुनसक्ने भएकाले तत्काल उद्धारको अपिल समेत गरेका छन् । स्थानीयले बागलुङ तर्फ जाने हिडेको अवस्थामा लुलाङ, लम्सुङ क्षेत्रमा पुगेको हुनसक्ने अनुमान गरेका छन् । स्थानीयबासीले संरक्षण दिइरहेपनि उद्धार तथा पुर्नस्थापना केन्द्रसम्म पुर्याउने वातावरण बनाउन समेत अनुरोध गरेका छन् ।

Leave a Reply