तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक सांघातिक हमला भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सांघातिक हमला भएको हो। विक बाँया खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले गएराति उद्धार गरेर अस्पताल पुर्‍याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दिएका छन्।

उनको दुबै हातमा पनि धारिलो हतियार प्रहार भएको छ। अत्यधिक रक्तस्राव भएका कारण घाइते विकको अवस्था चिन्ताजनक रहेको छ। घाइते विक गोलौरीमा भान्जाको विहे खान भनि आएका थिए।

भान्जाको घरबाट नवलपुरस्थित घर तर्फ जाँदै गरेका विकलाई पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेर शक्त घाइते तुल्याएको प्रहरीले बताएको छ। दशैंको दिन बेलुका स्थानीय  चौधरी युवाहरूका बीचमा आपसमा कुटाकुट भएको थियो। उनीहरू मध्ये बाटो ढुकेर बसेको एक समुहले नचिनेर विकमाथि सांघातिक आक्रमण गरेको हुन सक्ने आशंका प्रहरीले पनि गरेको छ। Source: setopati.com