मच्छिममा यूवा क्लवको सक्रियतामा भ्यू पोइन्ट स्थापना

0

म्याग्दीको धवलागिरी गाउँपालिका-७, मच्छिममा स्थानीय यूवा क्लवको सक्रियतामा भ्यू पोइन्ट स्थापना गरिएको छ । प्रसस्तै पर्यटकीय सम्भावना बोकेपनि ओझेलमा परेको मच्छिम आसपासका क्षेत्रमा आन्तरिक पर्यटकलाई आर्कषित गर्ने गरी भूमे यूवा क्लवले सिवाङ–मच्छिम हुदै मुना जोड्ने सडकखण्डमा दृष्य अवलोकन केन्द्रको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले उद्घाटन गरेका थिए ।

मुना, मुदी, लुलाङ गूर्जाका साथै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट समेत पदैलमार्गबाट आवतजावत गर्ने मच्छिमबाट हिमश्रृंखला, प्राकृतिक सौन्दर्यको अवलोकन, छन्त्याल, दलित जातिको रहनसहनका साथै गाउँ नजिकै रहेका तामाखानीको अवलोकन समेत गर्न सकिने उपाध्यक्ष छन्त्यालको भनाई छ ।

‘पर्यटकलाई ठाउँठाउँमा रोक्न सकेमा आर्थिक गतिविधिमा समेत सघाउँछ,‘सानोठूला पर्यटकीय गन्तब्यलाई आवश्यकता अनुसार प्राथमिकता दिने योजनामा छौ’ उपाध्यक्ष छन्त्यालले भने । उनले गाउँपालिकाभित्र ओझेलमा परेका पर्यटकीय गन्तब्यमा पूर्वाधार विस्तार पहिलो प्राथमिकता भएको बताए ।

गत बर्षको माघ महिनामा क्लवले सञ्चालन गरेको खेलकुद प्रतियोगिताबाट गरेको बचतले पर्यटन क्षेत्रमा सघाउने गरी भ्यू पोइन्ट स्थापना गरेको क्लवका अध्यक्ष बिरबहादुर छन्त्यालले बताए । उनले क्लवमार्फत खेलकुद र मनोरञ्जनका गतिविधि मात्रै नभई विकास निर्माण र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्ने बताए । गाउँपालिकाले मच्छिम गाउँमा पार्क समेत बनाएको छ ।

Leave a Reply