अष्ट्रेलियामा रहेका राखुबासी संगठित भएका छन् । विजयादशमी तथा शुभदिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान सहित सिड्नीमा आयोजित कार्यक्रमा उपस्थित राखुबासीले सतिश भण्डारीको अध्यक्षतामा राखु समाज अष्ट्रेलिया गठन गरेको छ ।

समाजको उपाध्यक्षमा शिव ठकुरी,महासचिव पवन कटुवाल, सचिव गोकुल भण्डारी, कोषाध्यक्ष पुजा खत्री, सहकोषाध्यक्ष बिजन मल्ल रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुजन पौडेल, सुमित्रा भण्डारी, सञ्जय मल्ल,रन्जित शाही, बिशन भण्डारी, इश्वर केसी, कृष्ण भण्डारी, आनन्द रिजाल रहेको सचिव गोकुल भण्डारीले जानकारी दिए ।

सोही अवसरमा खेलकुद संयोजकमा रोशन विश्वकर्मा, सांस्कृतिक संयोजक संगिता खत्रीलाई चयन गरेको छ । संस्थाको सल्लाहकारमा धिरज मल्ल, मिनबहादुर भण्डारी, खिम भण्डारी रहेका छन् ।कार्यक्रममा धिरज मल्ल र सतिश भण्डारीले संस्थाका बारेमा आफ्नो भनाई राखेका थिए भने शैक्षिक परामर्शकर्ता बद्री बरुवालले गरेका थिए ।

अष्ट्रेलियामा रहेका राखुबासीको एकता र सहकार्य गरी विभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्यले स्थापना भएको संस्थाको औपचारिक कार्यक्रमको संयोजक तथा सञ्चालन गोकलु भण्डारी, स्वागत पवन कटुवालले गरेका थिए ।

अष्ट्रेलियामा रहेका राखुबासीले हरेक बर्ष विभिन्न क्षेत्रमा सहयोग गदैं आइरहेका छन् । समाजका अध्यक्ष सतिश भण्डारीले विगतमा भन्दा धेरै सामाजिक तथा मानवीय सेवामा सक्रियता देखाउने बताए ।