एक विद्यार्थीले अस्पतालको शैयामा रहेका शिक्षकको उपचारमा सहयोग गरी जन्मदिन मनाएकी छन् । मृगौला कलेजो र रगतमा जटिल समस्या देखिएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचारर्थ बेनी नगरपालिका-२, खवरा धनबहादुर पाठकलाई न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा १० मा अध्ययनरत बेनपा १ रत्नेचौरकी रक्षा भण्डारीले ५ हजार सहयोग गरेकी छन् ।

आफ्नो जन्मदिनमा आफ्नो लागि शिक्षामा उल्लेखनीय भूमिका खेल्ने शिक्षक नै अस्पतालमा हारगुहार गरेको जानकारी पाएपछि सहयोग गरेको भण्डारीलाई उद्धित गदैं धनबहादुर बचाउ अभियानका संयोजक कृष्ण जिसीले बताए ।

‘विद्यालयसँग जोडिएका सबैले सहयोगको अपिल गर्छु,‘सानो सहयोगले पाठक सरले नयाँ जीवन पाउनुहुनेछ’ संयोजक जिसीले भने । पाठकको उपचारमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन भएको छ ।

दुईदशक देखि न्यू वेष्ट पोइन्ट आवासीय माविमा कार्यरत पाठकको स्वास्थ्यमा सुधार आएपछि थप आर्थिक आवश्यकता रहेको संयोजक जिसीले बताए । हालसम्म पाठकको उपचारमा ४ लाख भन्दा बढी रहेको छ ।
जानकारीका लागि संयोजकः कृष्ण जिसीको फोन नम्वर ९८४७६४२८१६ मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply