बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले आफुलाई संक्रमण पुष्टि भएको भन्दै सामाजिक संजाल फेसबुक मार्फत आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । कुरुम्वाङ्ग कोरोना संक्रमण नियन्त्रणका लागि कोभिड ब्यवस्थापन सम्वन्धी कार्यमा सकृयताका साथ अग्रपंक्तीमा काम गर्दे आउनु भएको थियो । पछिल्लो समय जिल्लाका अग्रपंक्तीमा कार्यरत धेरैजनामा कोरोना संक्रमण भएको पाईएको छ ।यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई संक्रमण देखिएको थियो । उहाँ क्वाटरमै आइसोलेसनमै बस्नु भएको छ ।