म्याग्दीको बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित पर्यटकीय क्षेत्र टोड्के भ्रमणका केही झलकहरु । समुन्द्री सतहदेखि २५ सय मिटरको उचाइमा रहेको टोडकेबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी, निलगिरिसहितको मनोरम दृश्यावलोकन गर्न पाइन्छ । म्याग्दी सदरमुकाम बेनीबाट अर्थुङ्गे-पुलाचौर-चिप्लेटी-डडुवा-पूर्णगाउँ, बेनी-घतान-पात्लेखेत-झिं र बेनी-बाबियाचौर-कुहु हुँदै पूर्णगाउँ भएर १ घन्टा ३० मिनेटमा सवारीसाधनमार्फत टोड्के सजिलै पुगेर रमाउन सकिन्छ । टोडकेमा बस्नका लागि आधुनिक सुविधासम्पन्न सामुदायिक लज समेत सन्चालन गरिएको छ ।

Leave a Reply