रसायनरहित खेती गर्दै नांगीबासीहरु

0

सन्तोष गौतम

म्याग्दी १५ मंसिर । जिल्लाको राम्चे गाउँ विकास समिति वडा न। १ र २
मा पर्ने नांगी गाउँका बासिन्दाहरुले रसायनरहित खेती गर्न थालेका छन् ।

२ बर्षअघि सम्म त्यहाँका किसानहरु रासायनीका मलको प्रयोग गर्दथे ।
अहिले सबैले जैविक तथा गोवर मलको प्रयोग गर्न थालेपछि उत्पादनमा समेत
वृद्धी भएको स्थानिय किसान थमन तिलिजाले बताउनुभयो । मलका लागि गाउँका
प्रयाजसो घरमा गाई भैसी गोरु बाख्रा लगायत जनावर पालिएका छन् । जनावर
नपाल्नेले जंगलबाट स्याउला ल्याई थुप्रो पारेर मल बनाउने गरेको बताउँछन् ।

नांगीका बासिन्दा रासायीनक मल मात्र नभएर रासायनीक विषादीको पनि
प्रयोग गर्दैनन् । तितेपाती पाती पशुको मुत्र र विभिन्न स्थानिय
जडिवुटीहरुलाई जैविक विषादीको रुपमा प्रयोग गर्ने गरेको स्थानिय
मोतीबहादुर पुर्जाले जानकारी दिनुभयो । जैविक खेतीले माटोको उर्बराशक्ति
मात्र नभएर उत्पादन पनि बढाएको स्थानिय बासीन्दाहरुले बताएका छन् ।