काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ४३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ संक्रमित थपिएका हुन् ।

जस्मा काठमाडौंमा ६ सय ९६, ललितपुरमा १ सय १८ र भक्तपुरमा २९ संक्रमित थपिएका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७१ हजार ४ सय ८८ पुगेको छ ।

काठमाडौंमा ५७ हजार ९ सय ९६ जना, ललितपुरमा ८ हजार १ सय ७०, भक्तपुरमा ५ हजार ४ सय २२ जना संक्रमित थपिएका छन् ।