कोरोना संक्रमित महिलाको मृत्यु

0

पोखरामा गएराति एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १३ निवासी ३६ वर्षीया महिला हुन् ।

गत कात्तिक ५ मा कोभिड–१९ संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उनी भर्ना भएकी थिइन् । निमोनियासमेत समस्या देखिएकी उनको बुधबार राति ११ बजे मृत्यु भएको जानकारी प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले दिए ।

उनका अनुसार प्रतिष्ठानमा उपचार क्रममा मृत्यु हुने उनी २० औं संक्रमित हुन् ।

Leave a Reply