युरोपेली मुलुक रोमानियामा रहेका नेपालीमध्ये करिब ५ सय जनामा कोराेना संक्रमण देखिएकाे छ ।

हालसम्म ५ सयजति नेपाली संक्रमित भएकाेमा तीमध्ये २ दर्जन नेपालीको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । तर केही संक्रमितले भने उपचारपछि स्वास्थ्य लाभ गरिसकेका छन् ।

संक्रमितमध्ये केही भने घर/डेरामा आइसोलेसनमा रहेकाे जनाइएकाे छ  । खासगरी तोताल अटो सर्भिस कम्पनीमा कार्यरत,  सुसी रेस्टुरेन्टमा कार्यरत र भवन निर्माणलगायत क्षेत्रमा कार्यरत नेपालीमा कोराेना संक्रमण देखिएको रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिए । उनका अनुसार हाल रोमानियाका अस्पतालहरू कोराेना संक्रमित बिरामीले भरिएका छन्, त्यसैले पनि संक्रमित नेपालीहरू घरमै बस्न बाध्य भएका हुन्  ।