गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संघ सरकारका अर्थमन्त्री विष्णु पौडेलसमक्ष प्रदेशका विभिन्न आयोजना तथा योजनाहरूमा बजेट निकासका लागि माग गरेका छन्।

संघ सरकारले सशर्त अनुदानको सर्तसहित गण्डकीलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट नआएकोले मुख्यमन्त्री गुरूङले शुक्रबार अर्थमन्त्री पाैडेलसमक्ष भेट गरि साे अनुरोध गरेकाे जानकारी मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्याैपानेले दिए ।

संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक रहेकाे बताइएको छ ।

त्यस्तै आधारभूत खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिन्छ ।