विश्व नै हाल कोरोना महामारीको चपेटामा परेको छ । हालसम्म पनि कोरोनाविरुद्धको कुनै औषधि र भ्याक्सिनको विकास गर्न सकेका छैनन् वैज्ञानिकहरुले । तर पनि कोरोनाको शिकार बनेकाहरु धेरै जसो निको भएका छन् ।

कोरोनाबाट बच्नका लागि अस्पतालका चिकित्सकहरुले विभिन्न खानेकुराहरु खानका लागि सुझाव सल्लहा दिइरहेका छन् जसले विरामीहरु कोरोनाबाट मुक्त पनि भएका छन् ।

आइसोलेसनमा रहेका संक्रमितको उपचार :  

-भिटामिन सी –१०० र भिटामिन इ दिने ।

-विहानको १० देखि ११ बजेसम्म १५–२० मिनेट घाममा बस्न लगाउने।

-दिनमा एक पटक खानसंग अण्डा खान दिने ।

-प्रत्यक दिन ७–८ घण्टा सुत्न लगाउने ।

-दैनिक १.५ लिटर पानि पिउन दिने ।

-तातो खानेकुरा खान दिने ।

-चिसो खानेकुरा नदिने ।

-केरा, हरियो कागती र पहेलो कागती, एभोकाडो, आँप, मेवा र अदुवा लगायतका फलफुलहरु खान दिने ।

कोरोना संक्रमण भएको यसरी थाहा पाउने :

-घाँटी दुख्ने र सुक्ने ।

-सुख्खा खोकी लाग्ने ।

-उच्च ज्वरो आउने ।

-सास फेर्न गाह्रो हुने ।

-गन्ध नआउने ।