कालीगण्डकी नदीमाथिको खोंचमा द क्लिफ प्रालिले शनिवारदेखि बन्जीजम्प सञ्चालनमा ल्याएको छ । बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा जोड्ने पाँच सय मिटर लामो पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल औपचारिक रुपमा आजबाट सञ्चालनमा आएका हुन् ।

निर्माण कम्पनी द क्लिफ प्रालिका सञ्चालक तथा लगानीकर्ता युवराज जोशीले बन्जीमा हाम फालेर बन्जीजम्पको औपचारीक सुरुवात गरे । बन्जीसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ । अन्य साहसिक खेलहरु पनि आजै देखीशुरु भएको अध्यक्ष कार्कीले बताए । ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गरेको छ ।

भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए । बन्जी र स्वीङ गर्न दुबैको मूल्य सात हजार रुपैयाँ तोकिएको छ । औपचारीक शुरुवातसँगै सर्वसाधारणले समेत यहाँ सहासिक खेलमा सहभागी हुन पाउनेछन् । रिसोर्टसहित बन्जी निर्माणका लागि २० करोड रुपैयाँ लगानी रहेको छ । यो पुल, बन्जी र रिसोर्टले बागलुङको पर्यटनमा सहयोग पुग्नेछ । dhorpatannews.com