म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा यूवाहरुको दुई समुह बिच कुटाकुट भएको छ । शनिबार राति यूवाहरु बिच भएको झडपमा रातामाटाका ३५ बर्षिय डम्बर पुन गम्भीर घाईते भएका छन् । कोटगाउँबाट घरतर्फ फर्किद गरेका पुको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

त्यस्तै २७ बर्षिया निशा पुन र ३० बर्षिय भिमबहादुर शेरपुञ्जाको बेनी अस्पतालतर्फ उपचारका लागि ल्याइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माको टोली पुगेको छ। गम्भीर घाईते पुनको हेलिकप्टरबाट थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा पुर्याइएको छ । घटनामा पाखापानीका दुई गाउँका यूवाहरुको संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply