म्याग्दीको सदरमुकाम बेनीबजार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेपछि भाइरस संक्रमणबाट जोगिन जनचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले स्बाब दिएर समुदायमा घुलमिल र बजारभित्र नै संक्रमति भेटिएपछि एकसाता अत्यावसेक बाहेकको सेवा बन्द गरी आइतबारदेखि अभियान सञ्चालन गरिएको हो ।

डिसिसिएमसी, बेनी नगरपालिका र स्वास्थ्य कार्यालयमार्फत बेनीबजारमा घरबाहिर ननिस्कन, संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई होम क्वारेन्टाइनमा बस्न, लक्षण देखिएमा स्बाब दिन, भिडभाड नगर्न अपिल समेत गरिएको छ । घरदैलोमा पुगेर कोरोनाबारे जानकारी गराउने सचेत गराउने तथा यसबाट कसरी सुरक्षित हुन सकिन्छ भनेर कार्यक्रम सञ्चालन गरिरहेको प्रजिअ उमाकान्त अधिकारीले बताए । बेनीबजारभित्र समुदायस्तरमै कोरोना माहमारीको रुप लिनसक्ने अवस्थामा भाइरसको संक्रमणबाट जोगिन भिडभाड हुने संस्थाको सेवाप्रवाहलाई एकहप्ता स्थगन गरेर सचेतना कार्यक्रमलाई अघि बढाएकाले समुदायस्तरबाट समेत सहयोगको अपिल गरिएको प्रजिअ अधिकारीको भनाई छ। म्याग्दी जिल्लामा बाहिरी क्षेत्रबाट आउनेहरुबाटै जोखिम ह्वात्तै बढेपछि समुदायमा अपरिचित वा बाहिरबाट आएकालाई निगरानी गर्न टोलटोलमा स्वयमसेवक समेत खटाउने गरी स्थानीय तहसँग समेत सहकार्य गरिएको छ । म्याग्दीमा पछिल्ला समय रुघा, खोकी लगायत स्वाशप्रस्वाशसम्बन्धी समस्या भएका बिरामीको स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा पछिल्लो समय लक्षण सहितका संक्रमति भेटिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

लक्षणविहिनको स्बाब संकलन नगरी लक्षण देखिएकालाई प्राथमिकता दिइएको अवस्थामा पछिल्ला संक्रमतिमध्ये अधिकांस ज्वरोखोकी र छाती दुख्ने समस्याका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। म्याग्दीको सदरमुकाम बेनीबजारका उद्योगपति, क्लिनिक सञ्चालक, सेवाप्रदायक संस्थाका कर्मचारीमा कोरोना पुष्टी भएको छ भने जिल्लाबाट बाहिर उपचारका लागि गएकाहरुमा समेत कोरोना पुष्टी भएको छ ।

Leave a Reply