म्याग्दी जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक खण्डको स्तरोउन्नतीका लागि करिब एक अर्बको टेन्डर आह्वान गरिएको छ । कालिगण्डकी कोरीडोर आयोजना अन्तर्गत पर्ने सडकखण्डको १४ किलोमिटरे सडक स्तरउन्नतीका लागि टेन्डर आह्वान गरिएको आयोजनाले जनाएको छ। उत्तरी छिमेकी राष्ट्र चीन तथा दक्षिणी राष्ट्र भारतको सिमा जोड्ने कालिगण्डकी करिडोरअन्तर्गतको सडकलाई दुइलेनमा विस्तार गर्ने योजना छ ।

आइतबार राष्ट्रिय पत्रिका मार्फत टेन्डर आह्वान गरिएको सडकखण्डको म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । कालीगण्डकी करीडोर अन्तर्गत दुई वटा भाग छन् । पहिलो भाग गुल्मी र बागलुङ हुँदै अघि बढ्छ । दोस्रो भाग स्याङजा र पर्वत हुँदै जान्छ ।

पर्वत र स्याङजाको भागलाई कालीगण्डकी लोकमार्गको नाम दिइएको छ भने, गुल्मी र बागलुङ खण्को नाम कालीगण्डकी करीडोर भनिएको छ । तर, दुवै सडकको गन्तब्य भने उत्तर चिन र दक्षिण भारत नै हुन् ।

दुई भागमा काम भएर अघि बढिरहेको सडकको बागलुङ तथा गुल्मी खण्डका विभिन्न भागहरुका कालोपत्रेको काम अघि बढिरहेको छ । अहिले मालढुंगा देखि वेनीसम्मको लागि सडक कालोपत्रे गर्ने चाक्लाबन्दी गर्नका लागि टेण्डर आब्हान गरिएको हो । उक्त सडकलाई दुई लेनको बनाउने र करीडारेको मापदण्डमा पु¥याउने गरी सरकारले निर्माण कम्पनी छनौटका लागि टेण्डर आब्हान गरेको छ ।

योसंगै कालीगण्डकी करीडोर भनेर बागलुङ हुँदै अघि बढेको सडक पनि यहि सडकमा आएर सम्माहित हुने भएको छ। कालीगण्डकी करीडोरको मुख्य खण्ड अन्ततः पर्वत जिल्लाकै मार्ग हुँदै जाने भएको हो ।

यस अघि मालढुंगासम्म आइपुगेको बागलुङ खण्ड बागलुङ हुँदै अघि बढ्ने वा पर्वतमा जोडिने अन्यौल थियो । आज नेपाल समारचापत्र दैनिकमा करिडोरको मालढुंगा वेनी खण्डको स्तरोउन्नती गर्ने गरी बोलपत्र आब्हान भएपछि यो अन्यौल हटेको हो ।

Leave a Reply