न्युरो अस्पताल विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषको अन्त्येष्टी गर्न आफनतले केहीबेर रोकेका थिए । विराटनगर ११ का ४९ वर्षीय पुरुषलाई परमविश्रान्ति घाट हाटखोलामा पु¥याएर चितामा राखे पछि मुखबाट रगत बगेको देखेर आफन्तले आशंखा लागेर पुरै शरीर हेर्ने भन्दै रोकेका थिए ।

मृतक पुरुषको मुखबाट रगत बगनेको देखेपछि आफन्तले तीन घण्टासम्म अन्त्यष्टि नगरी चितामा राखेको शव लाई रोकेर राखेका थिए । संक्रमित पुरुषको कोरोना संक्रमण भएपछि कार्तिक १४ गते न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा मंगलबार विहान ३ः५० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु पछि नेपाली सेनाले उनको शव अन्त्यष्टिका लागि घाटसम्म पु¥याएर चितामा राखिसकेका थिए । परिवारले मुखबाट रगत बग्नुको कारण माग्दै पूरै शरिर हेर्न पाउनु पर्ने माग राखेर शव जलाउन मानेनन् । दिउसो १२ बजे देखि शव अन्त्यष्टि गर्न रोकेपछि अस्पतालका डाक्टर अनिल मेहताले घाटमै पुगेर मृतकका आफन्तलाई मुखबाट रगत आउन सक्ने कारण बुझाउनु भएको थियो ।

उहाँले मृतकका आफन्तलाई कोरोना संक्रमणका कारण फोक्सोमा समस्या हुदाँ रगत जमेर निस्कनसक्ने सम्भावना रहेको भनेर बुझाए पछि मात्र आफन्तले अन्त्यष्टि गर्न मानेका हुन् । Source: News24nepal.tv